१८ वटा कम्पनीद्वारा लाभांश प्रस्ताव
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीमध्ये १८ वटाले अहिलेसम्म आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।
लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैङ्क, चारवटा बीमा कम्पनी, एक लघुवित्त संस्था, दुईवटा अन्य कम्पनी र एक होटल छन् ।नेप्सेमा सूचीकृत २४२ मध्ये १४६ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका छन् ।अहिलेसम्म प्रभु बैङ्क, बैङ्क अफ काठमाण्डू, एभरेस्ट बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, ग्लोबल आईएमई बैङ्क, कुमारी बैङ्क, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, सानिमा बैङ्क, सिटिजन्स बैङ्क र मेगा बैङ्क नेपाल लिमिटेडको लाभांश प्रस्ताव सार्वजनिक भइसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा धान उत्पादन बढ्यो
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू