आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापमा सुरु भयो मतगणना, कांग्रेसको अग्रता

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०० : ३२
मङ्गलबार, ०६ मङ्सिर २०७९

रामेछापमा पनि मतगणना सुरु भएको छ । प्रतिनिधिसभा सदस्य तर्फ २०० मत गन्दा कांग्रेसले अग्रता लिइरहेको छ । प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ९६ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का  कैलाशप्रसाद ढुंगेलले ६६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवारले ११ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश ‘क’ तर्फ माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठले ७६ मत प्राप्त गरेका छन् भने एमालेका शान्तिप्रसाद पौडेलले ८० मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवारले २० मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप