शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

सिरहाका चार वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु

सोमबार, ०५ मङ्सिर २०७९, २३ : ५७
सोमबार, ०५ मङ्सिर २०७९

सिराहाका चार वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । प्रतिनिधिसभा तथा प्रधेशसभाको निर्वाचनको मतदान हिजो सकिए पनि सहमति नहुँदा ढिलो गरी मतगणना सुरु भएको हो ।
    
मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईका अनुसार बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठकमा प्रत्येक वडाको छुट्टाछुट्टै मतगणना गर्नुपर्ने दलहरुको अडानका कारण दिनभर मतगणना हुन नसकेको हो । 

“कुनै वडामा एउटा मात्र मतदान केन्द्र भए अरुमा नमिसाउन र एउटै वडामा धेरै मतदान केन्द्र भए मिसाएर गणना गर्नु भन्ने निर्वाचन आयोगको निर्देशन बमोजिम सर्वदलीय बैठकमा सहमति भएकोछ”, मुख्य निर्वाचन अधिकृत राईले भने ।

उनका अनुसार प्रतिनिधिसभा तथा प्रधेशसभाको प्रत्यक्ष र समानुपातिक मतपत्रको गणना एकैसाथ सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप