आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एमालेले खोल्यो पहिलो खाता : ललितपुर २ मा प्रेमबहादुर महर्जन विजयी

सोमबार, ०५ मङ्सिर २०७९, २२ : ०३
सोमबार, ०५ मङ्सिर २०७९

प्रतिनिधि सभा सदस्यमा एमालेले पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् ।

उनी  १५ हजार २५  मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले ८८८६ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले आठ हजार छ सय ६६ मत प्राप्त गरेका छन् ।
    
साथै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले आठ हजार दुई सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले छ हजार छ सय ४६ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप