शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही तेब्बर मतले अगाडि

सोमबार, ०५ मङ्सिर २०७९, १९ : ३४
सोमबार, ०५ मङ्सिर २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् । एक हजार एक सय मत गनिसक्दा शाही आफ्ना निकटतम् प्रतिस्पर्धीको तुलनामा तेब्बरभन्दा बढी मतले अघि छन् ।

राप्रपाका उम्मेदवार शाहीले ७१६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी तथा नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले २३८ मत पाएकी छन् । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले जम्मा ५६ मत पाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप