आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हावाहुरीका कारण उपल्लो डोल्पाबाट मतपेटिका ल्याउन सकिएन

सोमबार, ०५ मङ्सिर २०७९, १९ : २१
सोमबार, ०५ मङ्सिर २०७९

डोल्पाका आठवटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहको मतपेटिकामात्र सदरमुकाम पुगेको छ ।  जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिकामात्र सदरमुकाम पु¥याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदरमुकामदेखि एक दिन लाग्ने तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम पुग्ने बताइएको छ । बाइसमध्ये १९ ठाउँ अझै बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर सार्कीले जानकारी दिए । आज हावाहुरी बढी चलेका कारण मतपेटिका सदरमुकाम ल्याउन नसकिएको सार्कीको भनाइ छ । 

भौगोलिक रुपमा विकट भएकाले तीनवटै स्थानीय तहका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइने व्यवस्था मिलाइएको छ । भारी हिमपात भएका कारण उपल्लो डोल्पाका मतपेटिका, कर्मचारी र सुरक्षाकर्मीहरु समेत हेलिकप्टरकै सहयोगमा उपल्लो डोल्पा पुर्याइएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप