शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टी अग्रता बढाउँदै

सोमबार, ०५ मङ्सिर २०७९, १७ : २७
सोमबार, ०५ मङ्सिर २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाउँदै लगेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार ३ हजार २९५ मत गनिसक्दा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले एक हजार १०० मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ८५० मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका विरेन्द्रबहादुर बलमे ६५० मत पाएका छन् । यस्तै, नेकपा एमालेका गौरीशंकर चौधरीले ५५० मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप