शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इलामको प्रारम्भिक मतगणनामा सुवास नेम्वाङ पछाडि

सोमबार, ०५ मङ्सिर २०७९, १६ : ५६
सोमबार, ०५ मङ्सिर २०७९

इलाम –२ को प्रारम्भिक मतगणनामा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ पछि परेका छन् । नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् ।

यो क्षेत्रको ६६८ मत गणना हुँदा खड्काले ३४२ मत ल्याउँदै अग्रता कायम गर्दा नेम्वाङ २७५ मतमा सीमित छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप