मानिससँग ७.८० लाख वर्ष अघि पनि थियो ओभन, अनुसन्धानमा खुलासा

person explore access_timeमंसिर ५, २०७९ chat_bubble_outline0

७.८ लाख वर्ष अघि मानिस माटोको ओभनमा खाना बनाउँथे । यो कुराको खुलासा तामचिनी माछाको दाँतको अनुन्धानपछि भएको हो । इजराइलको तेल अविवमा रहेको स्टिनहार्ट म्युजियम अफ नेचुरल हिस्ट्रीमा काम गर्ने विशेषज्ञ इरित जोहरका अनुसार मानिसले खाना पकाउनका लागि मासु वा हड्डीलाई आगोमा फ्याँक्ने गर्दथे भन्ने गरिन्थ्यो । तर यस्तो होइन रहेछ । उनीहरुले माटोको ओभनमा खाना पकाउने कला सिकेका हुनसक्ने उनले बताएका छन् ।


‘हामीले एउटा विधि विकास गरेका छौँ जसले हामीलाई तुलनात्मक रुपमा कम तापक्रममा खाना पकाउने पद्धति पहिचान गर्न अनुमति दिन्छ, त्यो पनि नडढाइकन,’ इरितले भने । ‘यसमार्फत् खाना पकाउने बेला आगोमाथि नियन्त्रणको विधिबारे पनि थाहा हुनेछ र खाना पाकेको छ कि छैन भनेर पनि थाहा हुनेछ ।’



शोधकर्ताले पहिला बताए अनुसार मानिसले १५ लाख वर्ष अघि मासु पकाएर खान सुरु गरेका थिए । तर त्यतिबेला उनीहरुले मासु पकाएरै खान्थे भन्ने जरुरी छैन । आगोमा झोँस्नुलाई खाना पकाएको भन्न मिल्दैन । खानालाई कुनै आँचमा वा घटाएर वा बढाएर पकाइन्छ । डढेको खाना भेट्नुलाई पाकेको नै भन्न मिल्दैन । खासमा पहिला खाद्य पदार्थलाई आगोमा फ्याँक्ने गरिन्थ्यो ।



इरित जोहर र उनका साथीले इजराइलको उत्तरी इलाकामा बसेको जोर्डन नदीको घाटमीमा रहेको गेशेर बेनोट याकोवमा आफ्नो अनुसन्धान गरे । त्यहाँ अहिलेसम्म कुनै मानवीय सभ्यताको प्रमाण भेटिएको छैन । तर ढुङ्गे युगको यन्त्र पक्कै भेटिएका छन् । ७.८० लाख वर्ष अघि यहाँ होमो इरेक्टस प्रजातिको मानिस बस्दथे । इरित र उनका साथीले यो स्थानमा माटाको दाँतको गुच्छा देखे । तर कुनै हड्डी भेटिएन ।

यो स्थानमा आगो लागेको जस्तो प्रतित भइरहेको थियो । जुन माछाका दाँत भेटिए ती दुई प्रजातिका थिए । जसलाई मिठो स्वाद र पोषण मूल्यका कारण चिनिन्थ्यो । यसको नाम हो – जोर्डन हिमरी (केरासोबारबस केनिस) र जोर्डन बारबेल (लुसियोबारबस लेन्गिसेप्स) । त्यतिबेलाका मानिसले सोचे कि यदि माछालाई कम आँचमा पकाइयो भने त्यसमा दात सुरक्षित र हड्डी नरम हुनेछन् । सायद यही तरिका त्यतिबेलाका मानिसले प्रयोग गरेका होलान् ताकि दाँतलाई सुरक्षित राख्न सकियोस् ।

इरितले यसबारे परीक्षण गर्ने सोच बनाए । उनले मानव फोरेन्सिक जाँचको प्रविधि अपनाए । यसबाट दाँतको इनामेल अर्थात् बाहिरी पत्रमा भएको क्रिस्टलको आकारबारे पत्ता लाग्छ जुन तापक्रम अनुसार भिन्न भिन्न हुने गर्छ । त्यसपछि इरित र उनको समूहले ब्ल्याक कार्प माछामाथि विश्लेषण गरे । त्यसलाई पकाउने र जलाउने एक्सपेरिमेन्ट ।

ब्ल्याक कार्पलाई ९०० डिग्री सेल्सियससम्म भिन्न भिन्न तापक्रममा तताइयो । त्यसपछि दाँतको इनेमेलको अनुसन्धान गरियो । उनले ३१.५ लाखदेखि ४५ लाख वर्ष पुरानो जोर्डन बारबेलका तीन जिवाश्म दाँतमा क्रिस्टलको आकारलाई पनि हेरे । यो तीन दाँत कहिल्यै पनि उच्च गर्मीको सम्पर्कमा आएका थिएनन् । इरितले गेशेर बेनोट याकोवमा १० हजारमध्ये ३० दाँत जम्मा गरिए । पहिले नै परीक्षण गरिएको दाँतसँग त्यसको संरचनाको तुलना गरियो ।

अनुसन्धानमा के पाइयो भने मानिसले जुन माछा पकाएका थिए, उनीहरुको दाँतको इनामेलको ढाँचाले यो बताउँछ कि ती २०० देखि ५०० डिग्री सेल्सियसमा पकाइएका थिए । सिधै आगोको सम्पर्कमा आएको थिएन । माछाका हड्डी आसपास थिएनन् । दाँतलाई नियन्त्रित आगोमा पकाइएको थियो अर्थात् यी माछालाई माटोको ओभनमा पकाइएको थियो ।   

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।