विश्वकप इतिहासका सबैभन्दा रोचक खेलहरू
हरेक विश्वकपमा यादगार खेलहरू हुन्छन् । खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले विश्वकपलाई रोचक र ऐतिहासिक बनाउँछ ।
विश्वकपमा कुनै खेल रोचक हुन्छन् भने कुनै खेल विवादमा तानिएका हुन्छन् । यस्तै कुनै खेलमा टिमको हारले भावनात्मक असर पार्ने पनि हुन्छन् ।
त्यसो त व्यावसायिक फुटबलमा पनि विवाद तथा रोचक तथ्यहरू हुन्छन् । तर विश्वकपको तुलनामा उनीहरू धेरै यादगार हुँदैनन् ।
ब्राजिल १–२ उरुग्वे १९५०
सेलेकाओले घरेलु मैदानमा विश्वकप जित्छ भन्नेमा ब्राजिलियनहरू विश्वस्त थिए । ब्राजिलले त्यो समय विश्वकप जितको खुसियाली मनाउने तरिकाले गीत पनि तयार गरेको थियो ।
स्थानीय एउटा अखबारले खेलको दिन बिहान ब्राजिललाई विश्व च्याम्पियन घोषणा गरेको थियो ।
ब्राजिल उक्त समय अपराजित हुँदै फाइनलमा पुगेको थियो । फाइनलमा ब्राजिललाई हराउँदै उरुग्वेले जित निश्चित गर्यो ।
त्यसकै अघिल्लो वर्ष कोपा अमेरिकाको उपाधि जित्दा उरुग्वेलाई ५–१ ले हराएको ब्राजिललाई पहिलो पटक विश्वकप जित्न मात्र बराबरीको आवश्यक थियो ।
खेलको ४७औँ मिनेटमा फ्रियाकाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर त्यसपछि उरुग्वेले उत्कृष्ट पुनरागमन गर्दै २–१ गोलको जित निकाल्यो ।
माराकाना रङ्गशालाभित्र लगभग २ लाख २० हजार मानिस थिए । फाइनलको सिटी नबज्दासम्म रङ्गशालाबाहिर ब्राजिल च्याम्पियन बनेको भन्दै सेलिब्रेसन चलिरहेको थियो ।
माराकाना रङ्गशालाको ग्राउन्डमा खेल सकिएपछि कम्तीमा दुई जनाले आत्महत्या गरेका थिए । अझ त्यो समय देशभरि धेरै समर्थकले आत्महत्या गरेको चर्चा चलेको थियो ।
हङ्गेरी २–३ वेस्ट जर्मनी सन् १९५४
जुलाई ४, १९५४ वान्क्दोर्फ रङ्गशालालाई फाइनल खेलका लागि तय गरिएको थियो ।
विश्वकपको फाइनल खेलमा नै हङ्गेरीले आठौँ मिनेटमा २–० गोलको अग्रता बनाको थियो । हङ्गेरीका लागि फेरेन्क पुस्कासले छटौँ मिनेटमा गोल गर्दा जोल्टन जिबोरले आठौँ मिनेटमा थप एक गोल गरे ।
त्यसको दुई मिनेटपछि म्याक्स मोर्लकले गोल गर्दै वेस्ट जर्मनीलाई २–१ गोलको अवस्थामा ल्याए । त्यसको आठ मिनेटपछि हेल्मुट रहनको गोलमा वेस्ट जर्मनी पहिलो हाफमा नै बराबरीमा आयो ।
मैदानमा वर्षा भइरहेको समयमा जर्मनीले सुखद लक्षण मानेको थियो । बर्न ‘फ्रिट्ज वाल्टर वेदर’मा परेको वर्षामा जर्मनका खेलाडी रमाइलो गरेर खेलिरहेको देखिन्थ्यो । जर्मन कप्तान भिजेको अवस्थामा खेल्ने मन पाउँथे ।
जर्मनीले दोस्रो गोल गर्दा खेल विवादमा तानिएको थियो । दोस्रो गोल गर्दा फउल भएको र त्यसपछि पुस्कासले गोल गर्दा अफ साइड दिएको भन्दै विवाद भएको थियो ।
त्यो समयमा जर्मन खेलाडीहरूलाई डोपिङको आरोप लागेको थियो । त्यो समय विश्वकपमा डोपिङको कुनै नियम थिएन ।
सत्य जे भए पनि जर्मनीका खेलाडीहरूलाई नायकका रूपमा सम्मानित गरियो र दोस्रो विश्वयुद्धको नतिजाको सामना गर्ने राष्ट्रको विश्वास पुनस्र्थापित गरेकोमा प्रशंसा पनि गरिएको थियो ।
चिली २–० इटाली सन् १९६२
डेभिड कोलम्यानले सन् १९६२ को विश्वकपमा चिलीविरुद्ध इटालीको खेललाई इतिहासको सबैभन्दा अपमानजनक खेलका रूपमा हेरेका थिए ।
‘सम्भवतः खेलको इतिहासमा फुटबलको सबैभन्दा मूर्ख, डरलाग्दो, घृणित र अपमानजनक खेल हो,’ उनले भनेका थिए ।
सान्टियागोमा भएको खेलमा इटालीका दुई खेलाडीले रातोकार्ड खाएका थिए ।
दुई खेलाडीले नै रातोकार्ड पाए पनि मैदानमा तनाव सिर्जना भएको थियो । उक्त अवस्थालाई शान्त पार्न प्रहरीले दुई पटक लाठी चार्ज गर्नुपरेको थियो ।
उक्त खेलमा पहिलो फाउल खेलको १२ सेकेन्डमा भएको थियो । जबकि जर्जियो फेरिनी आठ मिनेटमा आउट भएका थिए । उनले निर्णयको कडा विरोध गरे । यद्यपि पुलिसले मैदानबाट बाहिर निकाल्नुपरेको थियो ।
उक्त विश्वकपमा चिली र इटाली समूह चरणबाटै बाहिरिएका थिए ।
इङ्ल्यान्ड ४–२ वेस्ट जर्मनी, सन् १९६६
इङ्ल्यान्डका समर्थकहरूका लागि केनेथ वोल्स्टेनहोल्मेको १९६६ को विश्वकपको फाइनल खेलमा अन्तिम सेकेन्डको गोल अहिलेसम्मको इतिहासका रूपमा रहेको छ । फाइनल खेलमा इङ्ल्यान्डले वेस्ट जर्मनीमाथि ४–२ को जित हात पारेको थियो ।
जियोफ हर्टसले फाइनल खेलमा ह्याट्रिक पूरा गरेका थिए । रोचक तथ्य त के छ भने उनले उक्त खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।
जर्मनी र इङ्ल्यान्ड निर्धारित सयममा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समय थपिएको थियो । निर्धारित समयको अन्तिम सेकेन्डमा उनले गोल गरेका थिए ।
उक्त समय इङ्ल्यान्ड पहिलो पटक विश्व च्याम्पियन बनेको थियो ।
ब्राजिल १–७ जर्मनी २०१४
सन् २०१४ को विश्वकपमा ब्राजिलले जर्मनीसँग ७–१ को कीर्तिमानी हार विश्व खेलकुदकै भावनात्मक समय बनेको थियो ।
घरेलु दर्शकसामु भएको सेमिफाइनल खेलमा ७–१ गोलको हार ब्यहोर्नु ब्राजिलका लागि दुखद क्षण थियो ।
क्वाटरफाइनलमा आफ्ना स्टार खेलाडी नेयमार घाइते भएका थिए । उक्त खेलमा गरेको गोलले थोमस मुलर, मिरोस्लाभ क्लोज सर्वाधिक गोलकर्ता बनेका थिए ।
मुलरले गोल्डेन बुट पनि पाएका थिए । टोनी क्रुस २, मुलर, क्लोज र खेदिराले एक–एक गोल गर्दा जर्मनीले पहिलो हाफमा ५–१ गोलको अग्रता लियो ।
दोस्रो हाफमा सम्हालिएर खेलेको ब्राजिलले एक गोल गर्दा दुई गोल खान पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानबाट उत्रिने क्रममा लडे पाकिस्तानका राष्ट्रपति, खुट्टा भाँचियो
-
एक राजनीतिक दल खारेज‚ सात राजनीतिक दलको नाम परिवर्तन
-
यस वर्ष भाइमसलाको मूल्य ३० प्रतिशतले वृद्धि
-
नयाँ दिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
-
लक्ष्मी पूजाको दिन विद्युतकाे माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी
-
तिहारमा माछाको मूल्य बढ्यो