शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेलेन ३ वर्षको हुँदा बर्माबाट हिँडेरै भारत आएकी थिइन् : भोकले शरीरमा हड्डीमात्रै थियो, आमाको गर्भपतन भयो, भाइको मृत्यु

सोमबार, ०५ मङ्सिर २०७९, १३ : १५
सोमबार, ०५ मङ्सिर २०७९

हिन्दी सिनेमाकी क्याबरे क्वीन भनिने हेलेन आज ८४ वर्षकी भइन् । उनले आफ्नो सुन्दरता र अनौठो नृत्य शैलीले लाखौंको मनमा राज गरिन् । ‘पिया तू अब तो आजा’, ‘आओ ना गले लग जाओ ना’, ‘ये मेरा दिल’, ‘आ जाने जा’, ‘मेहबुबा मेहबुबा’ जस्ता धेरै गीतमा नाच्दै हेलेनले आफ्नो उर्जाले नृत्यको नयाँ मापदण्ड बनाइन् ।

एक समय यस्तो पनि आयो जब उनको एक झलक पाउने चाहनामा यस्तो भीड जम्मा हुन्थ्यो कि यसबाट बच्नका लागि बुर्का लगाएर लुकेर बाहिर निस्कनुपर्‍यो । हिन्दी सिनेमाको इतिहासमा कुनै पनि नर्तकको यो हैसियत थिएन ।

यीबाहेक, हेलेनको जीवनमा थुप्रै दुःखद घटना घटित भए । तीन वर्षको उमेरमा बुबा गुमाइन् । देश निकाला हुँदा बर्मादेखि भारतसम्म धेरै किलोमिटर पैदल यात्रा गर्नुपर्‌यो । यही यात्रामा आमाको गर्भपतन भयो, भाइको मृत्यु भयो र आफ्नै शरीर कंकालजस्तो बन्यो । १३ वर्षको उमेरमा जिम्मेवारीले बाल्यकाल खोस्यो । कहिले २७ वर्ष जेठा पुरुषसँग बिहे गरिन् त कहिले दोस्रोत श्रीमती बनेर वर्षौंसम्म परिवारको मायाबाट वञ्चित रहनुपरेको थियो ।

आज उनको जन्मदिनको विशेष अवसरमा हामी तपाईंलाई अनुहारमा मुस्कान लिएर फिल्मी पर्दामा चम्किलो लुगा लगाएर नाच्ने हेलेनको अन्धकारमय जीवनका ५ भावुक पारिदिने कथा सुनाउँछौँ–

कहानी– १

बाल्यकाल

पहिलो कहानी हेलेनको बाल्यकाल बारे हो । हेलेन एन रिचर्डसनको जन्म २१ नोभेम्बर
१९३८ मा रंगुन, ब्रिटिश बर्मामा फ्रान्सेली बुबा डेसिमियर जर्ज र बर्मी आमा मर्लिनको घरमा भएको थियो । केही समयपछि आमाले बेलायती मूलका रिचर्डसनसँग दोस्रो विवाह गरिन् । उनका एक भाइ रोजर र धर्मपुत्री जेनिफर थिइन् । सौतेनी पिता रिचर्डसन मृत्यु दोस्रो विश्वयुद्धको समयमा बम आक्रमणमा मारिए । जापानीहरूले बर्मा कब्जा गरे । अवस्था यति बिग्रियो कि उनको परिवारलाई देशबाट निकालियो ।

सन् १९४३ मा, गर्भवती आमा, सानो भाइ, बहिनी र हेलेन बर्माबाट भारतको आसाममा पैदल यात्रामा निस्किए । आज यो यात्रा लगभग ८६७ किलोमिटर छ, जुन हिँडेर पार गर्न करिब १७८ घण्टा लाग्छ । न केही सामान, न पैसा, न कपडा, न खानेकुरा । भोक र तिर्खासहित उनीहरुले सयौं गाउँ र जंगलहरू पैदल हिँडेर पार गरे । भोक र रोगले आफ्नो प्रभाव देखाउन थाल्यो र बिस्तारै उनीहरूसँगै हिँड्नेको संख्या घट्दै गयो । हेलेनकी गर्भवती आमाको बाटोमा नै गर्भपतन भयो र उनको भाइको स्वास्थ्य बिग्रियो ।

जो अन्ततः भारतमा पुग्न सफल भए उनीहरू ब्रिटिश सैनिकहरूको सहयोग प्राप्त गर्ने भाग्यमानी थिए । सैनिकहरूले हेलेनकी आमा र उनका छोराछोरीलाई अस्पतालमा भर्ना गरे । शरीर कंकाल जस्तै बनेको थियो र शरीरमा धेरै चोटहरू थिए । भाइको पनि रोगसँग लड्दा लड्दै मृत्यु भयो । दुई महिनासम्म हेलेन, उनकी आमा र बहिनी अस्पतालमै रहे । स्वास्थ्यमा सुधार आएपछि उनीहरु कोलकाता बस्न थाले ।

कहानी – २

फिल्मी यात्राको सुरुवात

कोलकातामा केही दिन बिताएपछि परिवार बम्बई (अहिलेको मुम्बई) पुग्यो । आमा नर्स बनिन् जसमाथि हेलेनसमेत चारजनाको पेट पाल्ने जिम्मेवारी थियो । नर्सिङको थोरै कमाइले शिक्षा र खानाको खर्च धान्न सकेन । हेलेन जेठी थिइन् र उनले यो कमाईको जिम्मेवारी बाँडिन् र १३ वर्षको उमेरमा पढाई छोडिन् । उनकी एक साथी थिइन्, कुक्कु । उनी हिन्दी सिनेमाकी डान्सर थिइन्, जसलाई देखेर हेलेनकी आमाले उनलाई पनि डान्सर बनाउने निर्णय गरिन् ।

हेलेनलाई नृत्य प्रशिक्षण दिइएको थियो, जसमा कुक्कूले उनलाई मद्दत गरिन् । कुक्कुले नै हेलेनलाई सन् १९५१ को फिल्म शाबिस्तान र आवारा (१९५१) मा कोरस डान्सरको पहिलो काम दिलाइन् । भीडमा नाचिरहेकी हेलेनलाई नजरअन्दाज गरियो । महिनौँसम्म भीडमा उभिएर नाचिरहेपछि, हेलेनले ब्याकग्राउन्ड डान्सरको काम पाउन थालिन् । प्रत्येक फिल्ममा उनको शैली सुधार भयो र उनी अलिफ–लैला (१९५४), हुर–ए–अरब (१९५५) जस्ता फिल्ममा सोलो डान्सरको रुपमा पनि देखिइन् ।

१९ वर्षकी हेलेन हावडा ब्रिज (१९५८) मने गीत ‘मेरा नाम चिन चिन चू’ मा लिड डान्सरको रुपमा आइन् । यो गीत उनको करियरमा ठूलो ब्रेक साबित भयो र उनलाई लगातार ठूला अफर आउन थाले ।

तेस्रो कहानी अघि एक नजर उनको करियरमा

सन् १९५८ देखि १९७२ सम्म हेलेन करिब ५०० फिल्ममा देखिइन् । यस्तै, १९८२ सम्म उनी ५०० गीतमा देखिइसकेकी छिन् । ६०, ७०, ८० को दशककी उनी एक्लो डान्सर थिइन् जो बिना आइटम गीत सोच्न पनि मुश्किल थियो । डान्सर हुनुका साथै उनले थुप्रै फिल्ममा सपोर्टिङ भूमिका निभाएर निकै तारिफ बटुलिन् । सपोर्टिङ लिडमा उनको फिल्म चाइना टाउन (१९६२) रह्यो । यस्तै, १९६६ को फिल्म गुमनामका लागि उनले फिल्मफेयर अवार्डमा नोमिनेसन मिल्यो । उनले पहिलो र एक्लो फिल्म फेयर फर सपोर्टिङ रोल अवार्ड सन् १९८० को फिल्म ‘लहू के दो रङ’ का लागि पाइन् । सन् १९७० को ‘पगला कहीं का’ मा हेलेनले एक बलात्कृत युवतीको भावुक रोल प्ले गरिन् ।

आफैँले डिजाइन गरेको कपडा र आफैँले गरेको मेकअप

कहिले उनी एउटै खाले डान्स र रोल गरेर टाइप कास्ट भइन् त कहिले यसमा वेस्टर्न भ्याम्पको पनि ट्याग लाग्यो । यी सबैका बावजुद, उनको ऊर्जा, सौन्दर्य, शैली, लुगाहरू ट्रेन्ड सेटर बने । हेलेनसँग त्यो युगको उत्कृष्ट टोली थियो, तैपनि उनी आफै मेकअप गर्थिन् । डिजाइनर भए पनि पर्दामा देखिने पखेटा, सुनौलो चम्किलो झल्लरयुक्त हेलेनको कपडा पनि उनी आफैँले डिजाइन गर्ने गर्थिन् ।

उनी आफ्नो विगलाई पनि आफैँ स्टाइल गर्थिन् । दर्शक मनोरञ्जनको खोजीमा सिनेमाघरमा आउन् भन्ने उद्देश्यले पटकपटक उनका गीतहरू फिल्ममा घुसाइन्थे । हेलेनलाई त्यो जमानाको हिट मेसिन अर्थात् फिल्म हिट बनाउने ग्यारेन्टी भन्नु पनि गलत हुनेछैन । स्क्रिन राइटरले पनि उनकै बारे सोचेर धेरै फिल्ममा गीत राख्ने गर्दथे । उनलाई गोल्डेन गर्ल, क्याबरे क्वीन, स्टार हेलेन जस्ता धेरै नामले चिनिन्छ । उनका यति प्रशंसक हुन्थे कि भीडबाट बच्नका लागि उनी बुर्का लगाएर निस्कने गर्थिन् । गीता दत्त र आशा भोसले उनको आवाज थिए । धेरै पटक उनले केही मिनेटको स्क्रिन टाइम दिएर सम्पूर्ण फिल्मको ध्यान खिचिन् ।

हेलेनको जीवनको तेस्रो चरणको कथामा फर्कौं जहाँ उनले करियरको उचाइको समयमा प्रेमलाई बढी महत्त्व दिइन् । जुन समयमा रिलेसनसिप ठूलो कुरा थियो, त्यस समय हेलेन निर्देशक प्रेमनारायण अरोरासँग लिभ इन रिलेशनशिपमा रहिन् । केही महिनापछि सन् १९५७ मा दुवैले विवाह गरे । पी.एन अरोडा आफैँ एक प्रसिद्ध व्यक्तित्व थिए तर उनको कमाई त्यो युगको स्टार हेलेन भन्दा कम थियो । विवाहको केही वर्षपछि नै प्रेमले हेलेनलाई नभनीकनै उनको कमाई लुट्न थाले । बिस्तारै, हेलेनको सबै बचत सिद्धिन  थाल्यो । हेलेनले १६ वर्षसम्म वैवाहिक जीवन बचाउन निकै संघर्ष गरिन् तर सफल भइनन् । श्रीमानले हेलेनको सम्पूर्ण बचत खर्च गरिदिए  र उनको घर पनि बैंकले कब्जा गर्यो ।

अन्ततः दिक्क भएर हेलेनले आफ्नो ३५ औं जन्मदिनका दिन श्रीमानसँग सम्बन्ध विच्छेद गरिन् । व्यक्तिगत जीवनले पनि उनको व्यावसायिक जीवनलाई असर गरेको थियो । उनले काम पाउन पनि निकै कम भइसकेको थियो । उनले पुनः यस्तो गरिबी देखिन् कि घरको भाडा दिनसमेत उनीसँग पैसा हुँदैनथ्यो । एक समय यस्तो पनि आयो जब हेलेनले आत्महत्याबारे पनि सोचिन् ।

हेलेनले १९६४ को फिल्म काबिल खानको सुटिङका ​​क्रममा लेखक–निर्देशक सलिम खानसँग भेटिन् । सँगै काम गर्दा सलिम खानले हेलेनलाई मन पराउन थाले, तर उनी पहिल्यै विवाहित र चार सन्तानका पिता थिए । परिस्थितिका कारण सलिमले हेलेनलाई साथीको रुपमा रोजे । हेलेन आर्थिक समस्याको सामना गरिरहेकी थिइन्, सलिम उनको सहारा बने । सलिमले हेलेनलाई आफूले लेखेका इमान धर्म, डन, दोस्ताना र शोले जस्ता ठूला फिल्महरूमा स्थान दिएका थिए ।

हेलेनले सलिमको सहयोगमा फिल्म ‘लहु के दो रंग’ पनि पाइन्, जसको लागि उनले सर्वश्रेष्ठ सहायक अभिनेताका लागि फिल्मफेयर अवार्ड प्राप्त गरिन् । सँगै बस्दै गर्दा दुवैले विवाह गर्ने निर्णय गरे । पत्रकार सम्मेलनमा सलीम खानले भने, ‘म उनीसँग कहिले प्रेममा परेँ र कहिले विवाह गर्ने निर्णय गर्‍यौँ मलाई थाहा छैन । हामीले सोचेर मात्रै बिहे गर्यौं ।’

विवाहपछि सलीमको परिवारले उनलाई अपनाउन मानेन । हेलेनले परिवारमा स्थान बनाउन पनि वर्षौंसम्म धेरै कुरा झेल्नुपरेको थियो । केही वर्षपछि सलीमको परिवारले हेलेनलाई अपनाए ।

फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा सलमान खानले भनेका थिए,‘‘मेरो बुवाले दोस्रो विवाह गरेका थिए, जसका कारण आमा दुःखी थिइन् । म मेरी आमालाई धेरै माया गर्छु र उहाँलाई दुःखी देख्न सक्दिन । जब आमा अबेर राती सम्म बुबालाई पर्खिरहनुहुन्थ्यो, यो देखेर साह्रै दुःख लाग्थ्यो, त्यसैले हामीले उहाँलाई घृणा गर्नु जायज थियो । बिस्तारै आमाले परिस्थितिसँग सम्झौता गर्नुभयो र हामीले हेलेन आन्टीलाई पनि अपनायौँ ।  आज उहाँ हाम्रो परिवारको एक हिस्सा हुनुहुन्छ ।’

एक अन्तर्वार्ताका क्रममा हेलेनले भनिन्, ‘सलीम विवाहित पुरुष थिए र मलाई सुरुमा उनीसँग विवाह गरेकोमा पछुतो लागेको थियो तर सलिममा केही यस्तो थियो जसले उनलाई अरूभन्दा फरक बनाएको थियो ।’

अर्को अन्तर्वार्तामा सलिमले भनेका थिए, ‘मेरा बच्चाले हेलेनको आगमनलाई त्यस्तै प्रतिक्रिया दिए जस्तो उनकी आमाले दिइन् । हुन त सलमा (सलिमकी जेठी श्रीमती) ले हेलेनलाई सहजै अपनाएकी थिइनन् । यस्तो भएको भए उनी अवार्डको लायक हुन्थिन् ।’

सन् १९८३ मा सलिमसँग विवाह गरेपछि हेलेनले चलचित्र जगतलाई सदाका लागि अलविदा गरिन् । सलिम र हेलेनको आफ्नै कुनै सन्तान छैनन् । तर, दुवैले छोरी अर्पितालाई धर्मपुत्री लिएका छन् । वर्षौंपछि हेलेनले सलमान खानको फिल्म खामोशीबाट पुनरागमन गरिन् । यसबाहेक हेलेनले ‘हम दिल दे चुके सनम’मा सलमानकी अनस्क्रिन आमाको भूमिका निभाएकी छिन् । यसका अलावा हेलेन ‘हमको दीवाना कर गए’, ‘मोहब्बतें’ जस्ता फिल्ममा पनि क्यामियोमा देखिइन् । हेलेनलाई सन् १९९९ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप