विश्वकपमा आज तीन खेल हुँदै
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्डले इरानको सामना गर्दैछ । सन् १९६६ मा च्याम्पियन इङ्ल्यान्ड यो पटक च्याम्पियन शैलीमा उत्रने योजनामा छ ।
समूह ‘बी’ रहेको इङ्ल्यान्ड सहज जितसँगै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ । पाँच पटकसम्म समूह चरण पार गर्न नसकेको इरान यो पटक भने अन्तिम १६ मा पुग्ने पहिलो लक्ष्यमा हुनेछ ।
यता इरान पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । आज नै हुने समूह ‘ए’ को खेलमा सनेगलले नेदरल्यान्ड्सँग भिड्दै छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।
समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक कतारलाई २–० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष भाइमसलाको मूल्य ३० प्रतिशतले वृद्धि
-
नयाँ दिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
-
लक्ष्मी पूजाको दिन विद्युतकाे माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी
-
तिहारमा माछाको मूल्य बढ्यो
-
यी हुन् सबैभन्दा महँगो रकममा रिटेन भएका खेलाडी, हेनरिक क्लासेनलाई २३ करोड खर्चियो हैदराबादले
-
पोखरा महानगर कार्यपालिका बैठकको निर्णय खारेज गर्न एमालेको माग, मेयरमाथि लगायो गम्भीर आरोप