बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

विदेशी लगानी बराबर नै लाभांश फिर्ता

सोमबार, ०५ मङ्सिर २०७९, ०६ : १८
सोमबार, ०५ मङ्सिर २०७९

नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (असोज) सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताले तीन महिनामा एक अर्ब ८० करोड रुपैयाँ लाभांश लगेका हुन् । जब कि सोही अवधिमा नेपालमा केवल एक अर्ब ८८ करोड रुपैयाँको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाउँछ ।

यस हिसाबले नेपालमा भित्रिएको लगानीभन्दा फिर्ता लगेको लाभांश केवल आठ करोड रुपैयाँले मात्र कम हो, जुन लगानी र लाभांश फिर्ताको अनुपातमा अत्यन्त न्यून हो । लगानीकर्ताले तीन महिनामा लगेको लाभांश विगत दुई वर्षकै कुल लाभांशभन्दा पनि बढी हो। गत आवमा लगानीकर्ताले कुल ६५ करोड ८७ लाख रुपैयाँ मात्र लाभांश फिर्ता लगेका थिए । गत आवको तीन महिनामा भने २३ करोड १५ लाख रुपैयाँ मात्र लाभांश फिर्ता लगेको तथ्याङ्कले देखाउँछ । त्यसअघि आव २०७७/७८ मा लगानीकर्ताले कुल ३९ करोड ६७ लाख रुपैयाँ मात्र लाभांश लगेका थिए। सोही आवको तीन महिनामा जम्मा ५४ लाख रुपैयाँ मात्र लाभांश फिर्ता भएको देखिन्छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप