मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

ट्रम्पको ट्विटर आइतबारदेखि पुनः सञ्चालनमा

आइतबार, ०४ मङ्सिर २०७९, २२ : २९
आइतबार, ०४ मङ्सिर २०७९

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । इलोन मस्कले आइतवार ट्रम्पको ट्विटर एकाउन्ट पुनःस्थापना गरेको पुष्टि गरेका छन्। ‘मानिसहरूले बोलेका छन् । ट्रम्पलाई पुनर्स्थापित गरिनेछ। भोक्स पोपुली, भोक्स देई’ मस्कले ट्वीट गरेका छन् । 

भोक्स पोपुली, भोक्स देई, ल्याटिन वाक्यांश हो जसको अर्थ ‘जनताको आवाज ईश्वरको आवाज हो।’ भन्ने हुन्छ।  यसैबीच मस्कको घोषणापछि ट्रम्पको एकाउन्ट ट्विटरमा पुनः देखा  परेको छ । पूर्वराष्ट्रपति ट्रम्पको अवरुद्ध ट्विटर खाता शनिबार प्लेटफर्ममा पुनः देखा परेको ट्वीटर कम्पनीका मालिक एलोन मस्कले पुष्टि गरेका छन् ।  हिंसा भड्काएको आरोपमा पूर्व राष्ट्रपतिमाथिको २२ महिनाको ट्वीटर खाता निलम्बन   गरिएको थियो ।

ट्विटरका सीईओ मस्कले माइक्रोब्लगिङ वेबसाइटका प्रयोगकर्ताहरूलाई हिंसा भड्काएको आरोपमा आजीवन प्रतिबन्ध लगाइएका ट्रम्पको खाता पुनर्स्थापना गर्ने कि नगर्ने भन्नेमा मतदान गर्न आग्रह गरेका  थिए । सर्वेक्षणका अनुसार सो घोषणाको १ घण्टामै १ करोड ५० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताले ट्रम्पको पक्षमा मतदान गरेका  थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप