बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राज कुन्द्राविरुद्ध नयाँ आरोपपत्र, पुनम पाण्डे र शर्लिन चोपडा पनि सामेल

आइतबार, ०४ मङ्सिर २०७९, २१ : ३७
आइतबार, ०४ मङ्सिर २०७९

पोर्नोग्राफी मुद्दामा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको कठिनाइ बढ्ने देखिएको छ । महाराष्ट्र साइबर सेलले नयाँ चार्जशीटमा कुन्द्राले मुम्बईको छेउछाउका दुई पाँचतारे होटलमा अश्लील फिल्मको सुटिङ गरेको दाबी गरेको छ । 

कुन्द्राले ओटीटी प्लेटफर्ममा यी फिल्महरू बेचेर ठुलो पैसा पनि कमाएका थिए। साइबर सेलले गत साता मात्रै अदालतमा यो आरोपपत्र पेस गरेको हो । मोडल पुनम पाण्डे, शर्लिन चोपडा र फिल्ममेकर मीता झुनझुनवाला बाहेक क्यामेराम्यान राजु दुबेको नाम पनि यसमा परेको छ । 

पोर्नोग्राफी मामिलामा कुन्द्रा मुम्बईको आर्थर जेल रोडमा ६३ दिनसम्म बन्द थिए । दुई महिना जेल बसेपछि उनले गत भदौमा मात्रै सत्र अदालतबाट धरौटी पाएका थिए । साइबर सेलले गत साता शुक्रबार ४५० पृष्ठको आरोपपत्र पेस गरेको थियो । यसमा प्राइम ओटीटीका सुवाजित चौधरी र कुन्द्राका कर्मचारी उमेश कामथमाथि अनलाइन प्लेटफर्ममा ‘प्रेम पगलानी’ वेब सिरिज अपलोड गरेको आरोप लगाइको छ ।

अर्कोतर्फ पुनम पाण्डेले कुन्द्राको कम्पनी आर्मस्प्रिमसँग व्यापार सम्झौता गरेर आफ्नै मोबाइल एप ‘द पुनम पाण्डे’ बनाएको र भिडियो खिच्ने गरेको आरोप छ । यी भिडियोहरू प्रसारण गर्न कम्पनीको सहयोग पनि लिइएको थियो । यसबाहेक क्यामेराम्यान राजु दुबेमाथि अभिनेत्री शर्लिन चोपडाको भिडियो खिचेको आरोप लागेको छ । निर्माता मीता झुनझुनवालाले यी व्यक्तिहरूलाई सहयोग गरेको र प्रोत्साहन गरेको आरोप छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप