बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मतदान केन्द्रमा वृद्धको निधन

आइतबार, ०४ मङ्सिर २०७९, २१ : २३
आइतबार, ०४ मङ्सिर २०७९

तेह्रथुममा मतदान गर्न मतदान केन्द्रमा पुगेका एक वृद्धको निधन भएको छ । लालीगुराँस नगरपालिका–८ सोल्मास्थित रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुगेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मतदान केन्द्रमै निधन भएको हो । 
रत्न मावि मतदान केन्द्रको गेटमा पुगेपछि लिम्बू लडेका थिए । वृद्ध उच्च रक्तचापको बिरामी रहेको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप