बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल : गृह मन्त्रालय

आइतबार, ०४ मङ्सिर २०७९, २१ : १५
आइतबार, ०४ मङ्सिर २०७९

सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको बताएको छ । आइतबार निर्वाचन सकिसकेपछि गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको बताएका हुन् । 
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको मैले पाएको छु ।

जुन किसिमका समूहहरूले निर्वाचन अवरोध गर्ने, बिथोल्ने खालका क्रियाकलाप गर्ने भन्ने आएका थिए तर त्यो अनुसार हेर्ने हो भने कहीँ पनि त्यो समूहले गर्दा कुनै पनि ठाउँमा बिथोलिने र निर्वाचनलाई अवरोध हुने कामहरू हुन सकेनन् । त्यसमा सुरक्षा निकायको तदारुकता र हाम्रो जुन कार्य योजनाको कार्यान्वयनको मुख्य भूमिका रह्यो । निर्वाचन आयोग, निर्वाचनमा खटिएका सबै सुरक्षाकर्मी र सरकारको सफलता भयो ।’

गृहसचिव सिंहले आन्तरिक असमझदारीका कारण केही पार्टीका प्रतिनिधिहरू र स्थानीयको केही उच्छृङ्खल क्रियाकलापले गर्दा केही स्थानहरूमा निर्वाचन स्थगित भएको बताए । निर्वाचन ८० स्थानमा अवरुद्ध भए पनि समन्वयबाट १५ वटा मतदान स्थल बाहेक अन्य सबै मतदान केन्द्रको मतदान सकिएको जानकारी दिए । 

उनले भने, ‘स्थगित हुनुको प्रमुख कारण ४ वटा मतपत्रहरू बेग्लाबेग्लै बाकसमा हाल्नुपर्नेमा तदनुरूप नभएर केही स्थानमा अलग्गै बाकसमा राख्दा समस्या भएको भन्ने पनि छ । केहीमा भने मतदानमा रहेका प्रतिनिधिहरु बीचको विवादले पनि केही अवरोधहरू भए । केही ठाउँमा भने स्थानीय र केही उच्छृङ्खल तत्त्वले निर्वाचनमा अवरोध गर्दा केही ठाउँमा रोकिए । तर हामीले तत्काल समन्वय गरेर निर्वाचन गरायौँ । ती ठाउँमा पुनः मतदान गर्ने वा अहिले भएको मतदानलाई नै आधार मान्ने भन्ने निर्वाचन आयोगको नै निर्देशनले हुन्छ । बाजुराको बुढीगंगा गाउँपालिका, त्रिवेणी नगरपालिकाको मतदान केन्द्र, त्रिवेणी नगरपालिका ७, नाट्यश्वेरीको सुर्खेतको एक ठाउँमा छ । गुल्मीको छ । नवलपुर सुस्तापूर्वको दीपचुलीको समानुपातिक तर्फको मतदान गरेको सम्बन्धमा विवाद भएको छ ।’

गृहसचिव सिंहले मतदान रोकिएको ती ठाउँमा दुई दिन भित्रमा पुनः मतदान हुने जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप