शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा हृदयघातका कारण निधन

आइतबार, ०४ मङ्सिर २०७९, २१ : ०९
आइतबार, ०४ मङ्सिर २०७९

बंगला टिभी शो तथा सिरियलकी चर्चित अभिनेत्री एन्ड्रिला शर्माको आइतबार निधन भएको छ । २४ वर्षीया एन्ड्रिलालाई शनिबार राति हृदयघात भएको थियो । त्यसपछि उनलाई सीपीआर दिइएको थियो ।
यसपछि उनको स्वास्थ्यमा केही सुधार भएपनि १२ बजेर ५९ मिनेटमा उनले अन्तिम श्वास फेरिन् । उनलाई हावडाको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो।

एन्ड्रिला क्यान्सर सर्भाइभर थिइन् । उनले टिभी शो ‘झुमुर’ पछि धेरै लोकप्रिय सिरियलमा काम गरे । जसमा ‘जीवन ज्योति’ जस्ता चर्चित सिरियलहरु पर्छन् । उनले ‘भगर’ वेब सिरिजमा पनि काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप