शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

सूर्यकुमारको शतकमा भारत विजयी

आइतबार, ०४ मङ्सिर २०७९, २१ : ०३
आइतबार, ०४ मङ्सिर २०७९

भारत–न्युजिल्याण्ड टी–२० सिरिजको दोस्रो खेलमा भारतले न्युजिल्याण्डलाई ६५ रनले पराजित गरेको छ । माउन्ट माउन्गानुईमा भएको खेलमा भारतले न्यूजिल्याण्डलाई १९२ रनको लक्ष्य दिएको थियो तर न्युजिल्यान्ड १८.५ ओभरमा १२६ रनमा अलआउट भयो ।

न्युजिल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको भारतले ६ विकेट गुमाएर १९१ रन बनायो । भारतका तर्फबाट सूर्यकुमार यादवले टी–२० मा आफ्नो दोस्रो शतक पूरा गरेका छन् । उनले ४९ बलमा शतक पूरा गरे र अन्तिमसम्म आउट भएनन् । सूर्यकुमार यादवले ५१ बलमा १११ रन बनाए । यस क्रममा उनले ११ चौका र ६ छक्का प्रहार गरे । 

सूर्यकुमारले ३२ बलमा अर्धशतक पूरा गरे । उनले अर्को ५० रन मात्र १७ बलमा पूरा गरे। न्युजिल्यान्डका टिम साउथीले एकपछि अर्को गर्दै तीन भारतीय ब्याट्सम्यानलाई प्याभिलियन गर्दै ह्याट्रिक पूरा गरे । उनले लगातार तीन बलमा हार्दिक पाण्ड्या, दीपक हुडा र वासिङ्टन सुन्दरलाई आउट गरे। जवाफी ब्याटिङमा उत्रेको न्युजिल्याण्डका लागि कप्तान केन विलियमसनले ६१ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । भारतका लागि दीपक हुडाले चार विकेट लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप