कर्णालीमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतदान कर्णालीमा करिब सम्पन्न भएको छ । केही स्थानमा छुट्पुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचन अधिकारीहरुले बताएका छन् । हुम्लाका केही मतदान केन्द्रमा झडप भएपनि मतदान सम्पन्न भएको छ भने सुर्खेतको क्षेत्र नम्बर १ को सिम्तामा मतदान स्थगित भएको छ ।
सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेश सभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको हो । प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभा तर्फको एकसय मत खसेपछि विवाद उत्पन्न भएको थियो ।
विवाद समाधानका लागि सर्वदलीय छलफल जारी रहेको छ । हुम्लाको सर्केगाड र चङ्खेलीमा झडपकै बीचमा पनि मतदान सम्पन्न भएको छ । झडप नियन्त्रण लिनका लागि हवाई फायर समेत गर्नुपरेको थियो । झडपमा परेर सहायक मतदान अधिकृत प्रेम भण्डारी र सेनाका हुद्दा अर्जुन उपरकोटी सामान्य घाइते भएका छन् । त्यो बाहेक अन्य ठाउँमा शान्तिपूर्ण मतदान रहेको जिल्ला निर्वाचन अधिकारीहरूले बताएका छन् ।
मतदान सम्पन्न भएर अहिले मत पेटीकाहरु ढुवानी गर्ने कार्य भइरहेको प्रदेश निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसेले जानकारी दिए ।
६० प्रतिशत मत खस्यो
१० लाख ८ हजार ४०३ मतदाता रहेको कर्णालीमा झण्डै ६० प्रतिशतको हाराहारीमा मात्रै मत खसेको छ । ३२ हजार ८५७ मतदाता संख्या रहेको हुम्लामा ६२ प्रतिशत, २२ हजार ७७२ मतदाता रहेको डोल्पामा ५२ प्रतिशत मत खसेको छ ।
२ लाख ४३ हजार ६१४ मतदाता रहेको सुर्खेत जिल्लामा जम्मा ६० प्रतिशत मत खसेको छ । यस्तै १ लाख ५८ हजार ९५८ मतदाता संख्या रहेको दैलेखमा ६९ प्रतिशत, १ लाख ३ हजार ३६३ मतदाता रहेको जाजरकोटमा ६२ प्रतिशत, ३५ हजार ४८५ मतदाता रहेको मुगमा ६४ प्रतिशत र ८० हजार ७३३ मतदाता रहेको कालिकोट ५५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकृत चालिसेले रातोपाटीलाई बताए ।
यस्तै १ लाख ४ हजार २८० रहेको रुकुम पश्चिममा झन्डै ५० प्रतिशत र यस्तै जुम्लाको भने मत परिणाम आउन आउन नसकेको उनले बताए । १ लाख ५७ हजार ७०१ मतदाता रहेको सल्यानमा ८४ हजार २२ मत खसेको छ । यो भनेको कुल संख्याको ५३.२७ प्रतिशत हो ।
उनले स्थानीय तहमा भन्दा १० प्रतिशत कम मत खसेको आकलन गरे । ‘स्थानीय तहमा निर्वाचनमा प्रदेशभर कूल मतदाता संख्याको ७० प्रतिशत मत खसेको थियो,’ उनले भने, ‘यो पटक ६० क्रस हुन मुस्किल छ, अहिलेसम्मको प्रारम्भिक नतिजाअनुसार ६० प्रतिशत मत खसेको आकलन हाम्रो छ ।’
मत गणना सोमबारदेखि
चालिसेका अनुसार कर्णालीका कुनैपनि जिल्लामा आजै मत गणना हुने अवस्था छैन । त्यसैले कुनै जिल्लाको सोमबार र केही जिल्लाको मंगलबारदेखि मात्रै मत गणना सुरु हुने उनले बताए । उनले भने, ‘उपल्लो डोल्पा लगायतका ठाउँहरूदेखि हेलिकप्टरदेखि मत पेटीका ल्याउनुपर्ने हुन्छ त्यसैले पनि सबै क्षेत्रको मत पेटिका ल्याउन समय लाग्ने देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार प्रतिवादी खोज्दा प्रहरीका बहालवाला इन्स्पेक्टर भेटिए
-
व्यक्तिगत इगो साध्न कारबाहीको सिफारिस गरे : सांसद चौधरी
-
अनुसन्धान केन्द्रबारे शिक्षामन्त्रीको चासो
-
अवैध पेस्तोलसहित एक युवा पक्राउ
-
आईपीएलको मेगा अक्सनमा बिक्री नभएका यी चर्चित क्रिकेटर !
-
कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन