सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सहर र गाउॅमा बराबरी बस्ने बाबुरामकाे सोच

आइतबार, ०४ मङ्सिर २०७९, १९ : ४८
आइतबार, ०४ मङ्सिर २०७९

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौंको बसाइलाई पातलो बनाउने सोच रहेको खुलाएका छन् । सामाजिक सञ्जालमार्फत उनले अब शहर र गाउँमा बरोबर बस्ने सोच बनाएको बताएका हुन् । 

गृह जिल्ला गोरखाको घरसहितको तस्बिर राख्दै भट्टराईले पढेलेखेकाहरूमा गाउॅ बनाउने भन्दा छोड्ने प्रवृत्ति रहेसम्म देशको सन्तुलित विकास हुन नसक्ने पनि बताएका छन् । 

‘गोरखामा मतदानपछि पुर्खौली घरवारी र हुर्कदै गरेका विरूवाहरूको निरीक्षण’, भट्टराईले सामाजिक सञ्जालमा फोटो राखेर भनेका छन्, ‘अब क्रमशः आफ्नो समय शहर र गाउॅमा बॉडेर बिताउने सोंच।पढेलेखेकाहरूमा गाउॅ बनाउने भन्दा छोड्ने प्रवृत्ति रहेसम्म देशको सन्तुलित विकास कसरी होला र ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप