निर्वाचन सफलतापूर्वक सम्पन्न भएको निर्वाचन पर्यवेक्षण समितिको ठहर
निर्वाचन पर्यवेक्षण समिति नेपालले केही अपवादबाहेक आम निर्वाचन २०७९ समष्टिगतरुपमा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । समितिका अध्यक्ष प्रदिप पोखरेलले विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संस्थागत विकासमा यो निर्वाचन अर्को एउटा कोसेढुंगो साबित हुने अपेक्षालाई सार्थक रुप दिन प्रयत्नशील प्रस्तुत निर्वाचन विभिन्न बाधा र चुनौतीको बाबजुद सम्पन्न भई त्यो सफलतातर्फ एक पाइला अगाडि बढेको उल्लेख गरेका छन् ।
यस निर्वाचनको पर्यवेक्षणका उक्त संस्थाको तर्फबाट ७७ वटै जिल्लामा ५२३ जना राष्ट्रिय पर्यवेक्षक, सार्वजनिक सेवामा महत्वपूर्ण योगदान गरेका राष्ट्रिय व्यक्तित्वहरु र अन्य स्वतन्त्र बुद्धिजीवीहरु समेत सहभागी भएर निर्वाचन केन्द्रहरुको स्थलगत भ्रमण गरेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनका क्रममा अनपेक्षित रुपमा केही मतदान केन्द्रहरुमा द्वन्द्व, झडप, मुठभेड र विवादको कारणले असर गरेता पनि निर्वाचनको बृहत उद्देश्य प्राप्तिमा अपेक्षाकृतरुपमा निर्वाचन शान्तिपूर्ण वातावरणमै सम्पन्न भएको समितिको ठहर छ ।
यद्यपि मतदाताहरुको सक्रिय उत्साहमा कमी देखिएको तथा पर्यवेक्षणको अवधिमा युवा मतदाताको सहभागिता समेत न्यून देखिएको पनि समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विशेष गरेर महिलाहरुका लागि र शारीरिक फरक क्षमता भएका मतदाताहरुको लागि मतदानस्थलमा मतदान गर्न पहुँचको सुविधाको ब्यवस्थापनमा कमी कमजोरीको निरन्तरता कायमै रहेको र कुनैकुनै मतदानस्थलमा शारीरिक क्षमता कमजोर भएका मतदाताहरु वैशाखी टेकेर, ज्येष्ठ नागरिकहरु आफन्तको काँधमा झुण्डिएर गएका दृश्यहरु पनि देखिएको समितिले जनाएको छ ।
‘अशक्त र सहारा चाहिने व्यक्तिहरुको लागि मतदान गर्न आफ्नो नजिकको नातेदारले सहयोग गर्न पाउने कानुनी अधिकारको दुरुपयोग गरेको समेत देखियो र यसैलाई कारण बनाएर राजनीतिक दलहरुबीच आपसी द्वन्द्वको वातावरण सिर्जना भएको पनि देखियो,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत