शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा मतदान : गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते

आइतबार, ०४ मङ्सिर २०७९, १९ : १७
आइतबार, ०४ मङ्सिर २०७९

एक वटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुराको अवस्था दिनभरि तनावग्रस्त रह्यो । सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच विवाद बढपेपछि आइतबार दिनभरि तनावग्रस्त अवस्था रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार स्थितिलाई नियन्त्रणमा लिन नौ वटा स्थानीय तह रहेको बाजुरामा सबैजस्तो पालिका हवाई फायर गर्नुपरेको रातोपाटीलाई जानकारी दिए । यसैबीच प्रहरीको गोली चल्दा एक जना युवाको ज्यान गएको प्रजिअ अधिकारीले पुष्टि गरे । उनका अनुसार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षका सन्दीप ऐडीको मृत्यु भएको छ ।

झडपमा घाइते हुनेमा प्रहरी हवल्दार कृष्ण कुँवर, पशुराम उपाध्याया, र खडक बहादुर  एडी र प्रेम बहादुर थापा रहेका छन् ।  त्रिवेणी नगरपालिका–१ स्थित नाटेश्वरी मतदानस्थमा अहिले पनि स्थानीयले घेरा हालेका छन् ।  उनीहरूको विवरण भने खुल्न बाँकी रहेको प्रजिअ अधिकारीले जनाए । घाइतलाई उपचारका लागि सुर्खेतमा ल्याएको छ  । 

मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाई फायर गरेको बुझिएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको खसालेको विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । मतपेटिका खोसाखोस गरिरहेको अवस्थामा दुई पक्षीय झडपपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन गोली चलाएको प्रशासनले जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप