मतदान सकिएसँगै निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन
आइतबार, ०४ मङ्सिर २०७९, १७ : १५

निर्वाचन आयोगले आइतबार राति ७ः ५० बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ । आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन बोलाएको हो ।
आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएपनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने छन् । आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । यद्यपि आशातीत मत भने खस्न नसकेको सरोकारवालाहरुले बताएका छन् । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको प्रतिक्रिया दिएका हुन् ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे आधिकारिक जानकारी दिइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको अन्तिम इच्छा
-
रविलाई जिल्ला अदालत रुपन्देही पुर्याइयो
-
रवि पक्राउ प्रकरण : मानव अधिकार आयोग जाँदै रास्वपा
-
मुम्बईलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने धुनमा बेंगलुरु
-
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
चर्चित अस्ट्रेलियन महिला क्रिकेटर एस्ले गार्डनरले प्रेमिका मोनिका राइटसँग विवाह गरिन्