दोलखाको जफेमा रोकिएको मतदान सुचारु
आइतबार, ०४ मङ्सिर २०७९, १६ : १४

दोलखाको तामाकोशी गाउँपालिका–३ स्थित जफेमा रोकिएको मतदान पुनः सुचारु भएको छ । तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड गोली चलाएको छ ।
जफेमा मतदान शुरु भएको बागमती प्रदेशकी डीआईजी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् । गठबन्धन र एमालेका कार्यकर्ताको बीचमा झडप हुँदा सुरक्षाकर्मी समेत घाइते भएका छन् ।