शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान

आइतबार, ०४ मङ्सिर २०७९, १५ : ४०
आइतबार, ०४ मङ्सिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः ३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।  दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।     

यहाँका तीन सय दुई मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको निर्वाचन कार्यालयको भनाइ छ । थोरै मतदाता रहेको पहाडी भेगमा उत्साहजनक रुपमा मतदान भइरहेको कार्यालयले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप