शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न, मतपेटिका ढुवानीका लागि सवारीसाधन तैनाथ

आइतबार, ०४ मङ्सिर २०७९, १४ : ४५
आइतबार, ०४ मङ्सिर २०७९

गृह सचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका हुन् ।

उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको बताए । उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसकेको बताए । गृह सचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताए । उनले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि बताए ।

उनले भने, ‘शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको हामीले पाइरहेका छौँ । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन हामीले व्यवस्था गरिरहेका छौँ । निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाताहरू र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक हामी पुगेको छैन । हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ । ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ ।’

सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेको छ । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरूले उत्साहित तवरबाट मतदान गरिरहेको पाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप