सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एफएनसीसीआई अध्यक्ष गोल्छाले गरे सीतापाइला केन्द्रबाट मतदान

आइतबार, ०४ मङ्सिर २०७९, १३ : २०
आइतबार, ०४ मङ्सिर २०७९

निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन् । उनले आज भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गरेका हुन् ।

मतदानको लागि गोल्छा परिवारसहित मतदान केन्द्र पुगेका छन् । उनले नागार्जुन नगरपालिकामा रहेको सीतापाइला माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनको नाम सो मतदान केन्द्रभित्र पर्ने क्षेत्रमा रहेको छ । 

आगामी ५ वर्षको लागि संघ र प्रदेशसभा गठन गर्ने र सोही सभाले गठन गर्ने सरकार निर्माणका लागि निर्वाचन भइरहेको छ । यसपालिको निर्वाचनपछि बन्ने सरकारले आर्थिक विकासलाई केन्द्रमा राखेर काम गर्ने अपेक्षा उद्योगी व्यवसायीले गरेका छन् । यसअघि नै एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका लगायतले मतदान गरिरहेका छन् ।

अहिले देशभर उद्योगी व्यवसायी सहित विभिन्न पेसा व्यवसायमा संलग्न आम जनताले मतदान गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप