डिल्लीबजार कारागारभित्रै रेशम चौधरीले गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, १२ : ४५
नागरिक उन्मुक्ति पार्टीका प्रमुख नेता रेशम चौधरीले डिल्लीबजार कारागार भित्रै मतदान गरेका छन् । थरुहट आन्दोलनका क्रममा नौ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका रेशमले आइतबार बिहान त्यहाँ अस्थायी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदान गरेपछि रेशमले भने, ‘जेलभित्र मतदान गर्न पाउँदा युद्ध जिते जस्तै भइरहेको छ ।’ डिल्लीबजार कारागारमा रहेका करिब ५ सय कैदीबन्दीले मतदान गरिएको बुझिएको छ ।
मतदाता नामावली भएका कैदीबन्दीले कारागारमा बनाइएको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै