यो निर्वाचनले उम्मेदवार र मतदाता दुवैको परीक्षण हुन्छ : रेग्मी
आइतबार, ०४ मङ्सिर २०७९, १२ : २२

मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । आइतबार काठमाडौँ महानगरपालिका वडा नम्बर १० मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
मतदान पश्चात पूर्व अध्यक्ष रेग्मीले सञ्चारकर्मीसँगको कुराकानीमा उनले निर्वाचनले आम नागरिकलाई राम्रा मान्छे छान्ने अवसर दिएको बताए । उनले अहिले नै राम्रो प्रतिनिधि चयन गरिनुपर्ने भन्दै पछि पछुताउनुको अर्थ नहुने बताए । उनले यो निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि भएको बताए ।
‘यस निर्वाचनले आम नागरिकलाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले मतदान गरेपछि पछुताउनुको कुनै अर्थ हुँदैन । अबको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ
-
माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?