प्रचण्ड उम्मेदवार रहेको गोरखाको एउटा मतदान केन्द्रमा तनाव
आइतबार, ०४ मङ्सिर २०७९, १२ : १७

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरख २ स्थित सिरानचोक गाउँपालिकास्थित एउटा मतदान केन्द्रमा विवाद भएको छ । धाँधली भएको दाबीसहित हर्मी बुथमा विवाद भएको हो ।
मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएको भन्दै विवाद भएको हो । विवादका कारण मतदान प्रभावित भएको छ भने सहमतिको प्रयास भइरहेको छ ।