धनगढीमा मतदान स्थल नजिकै बम विस्फोट
आइतबार, ०४ मङ्सिर २०७९, १० : ३१

कैलालीको धनगढी उपमहानगरपालिका स्थित एक मतदान केन्द्र नजिक विस्फोट भएको छ ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको बताए ।
केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीले बताए । विस्फोटक पदार्थ पड्किएपछि मतदातामा त्रास उत्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड