मतदान केन्द्र नजिकै बम विस्फोट
आइतबार, ०४ मङ्सिर २०७९, ०९ : ४३

पाँचथरको एक मतदान केन्द्रनिकट बम विस्फोट भएको छ । फिदीम नगरपालिका वडा नम्बर ४ मा रहेको सुखबोद मावि मतदान केन्द्रमा सुतली बम विस्फोट भएको हो ।
विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । पत्रकार कृष्ण खनालले स्कुलको ग्राउण्डमा बनाइएको मतदान केन्द्रनजिकै सुतली बम विस्फोट भएको बताए । उनले घटनामा कुनै क्षति नभएको र अहिले कडा सुरक्षाका बीच मतदान भइरहेको छ । विप्लव समूहले बम विस्फोट गराएको आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै