शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मत खसाल्न मकवानपुरका मतदाता उत्साहित

आइतबार, ०४ मङ्सिर २०७९, ०८ : ५५
आइतबार, ०४ मङ्सिर २०७९

 प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत देशभर आज मतदान हुँदैछ । सोही क्रममा मकवानपुरमा पनि बिहानैदेखि मतदाताहरु आफ्नो मतकेन्द्रमा लामबद्ध भएर मतदान गरिरहेका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । मकवानपुरमा मतदान सम्पन्न गर्नका लागि  प्रतिनिधिसभाका २ र प्रदेशसभाको ४ वटा निर्वाचन क्षेत्रमा १६७ वटा मतदानस्थल र २ अस्थायी सहित ३६४ वटा मतदान केन्द्र तोकिएको छ । मकवानपुर–१ मा १७२ वटा र मकवानपुर–२ मा १९२ मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन सम्पन्न गर्नका लागि ३६६ जना सहायक निर्वाचन अधिकृत र ३६६ निर्वाचन अधिकृतसहित २ हजार ९१८ कर्मचारी परिचालन गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए ।

यस निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ गरी ६ वटा निर्वाचन क्षेत्रका लागि कुल ६९ जना उम्मेदवार छन् । जसमा प्रतिनिधिसभातर्फ प्रत्यक्षका लागि मकवानपुर–१ मा १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने मकवानपुर–२ मा १० जना छन् ।

प्रदेशसभातर्फ मकवानपुर ४ क्षेत्रका लागि ४३ जना उम्मेदवार छन् । मकवानपुर–१ (क) मा ७७ हजार ९८९ जना र मकवानपुर–१ (ख) मा ७२ हजार १६६ मतदाता छन् । यस्तै मकवानपुर–२ (क) मा ८३ हजार ९९ र मकवानपुर–२ (ख) मा ६७ हजार ४७९ गरी ३ लाख ७३३ मतदाता गरी कुल ३ लाख ७७८ जना मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप