निर्वाचन सुरक्षाका लागि ३ लाख सुरक्षाकर्मी परिचालन

आइतबार सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि देशभर करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ । देशभर कुल १० हजार ८ सय ९२ मतदान स्थल सुरक्षाका लागि ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको गृहसचिव विनोद प्रकाश सिंहले जानकारी दिए ।
निर्वाचनको सुरक्षामा ७५ हजार सेना परिचालन गरिएको छ । नेपाली सेनाले चुनावको बाहिरी घेरामा बसेर सुरक्षा दिनेगरी ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ लागु गरिएको छ । सबैभन्दा भित्री घेराको सुरक्षा जिम्मा पाएको प्रहरी ७१ हजार परिचालन गरिएको छ । सशस्त्र प्रहरी ३२ हजार परिचालन गरिएको सचिव सिंहले बताए । सशस्त्र प्रहरीले दोस्रो घेरामा रहेर निर्वाचनको सुरक्षा गर्नेगरी एकिकृत सुरक्षा योजना लागु गरिएको छ ।
चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी र २ हजार राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु परिचालन गरिएको छ । चुनाव बहिष्कारको निर्णय गरेका समूह र व्यक्तिप्रति शुन्य सहनशिलताको नीति लिइएको गृह मन्त्रालयले जनाएको छ । चुनाव सुरु हुनुअघि आइतबार बिहान ३४ ठाउँमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
सुरक्षा अधिकारीहरुका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मुख्य सुरक्षा चुनौतीको रुपमा देखिएपनि अन्य समूहपनि सुरक्षा चुनौतीको रुपमा छन् । चुनाव बहिष्कार गर्ने निर्णय गरेका आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी (समाजवादी)ले निर्वाचनमा सुरक्षा चुनौती ल्याउनसक्ने सुरक्षा निकायहरुको निष्कर्ष छ ।
प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईका अनुसार प्रहरीले विप्लव समूह सहित ३१ समूहमाथि निगरानी गरिरहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अति संवेदनशील मतदान स्थल ३ हजार ६६ छन् । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले वर्गिकरण गरेको अति संवेदनशिल मतदान स्थलमा सुरक्षा निकाहरुले निगरानी बढाएका छन् । आयोगले ४ हजार ४७८ स्थललाई संवेदनशिल र ३ हजार २ सय ४८ स्थाललाई सामान्य बर्गिकरण गरेको छ ।
अति संवेदनशिल मतदान स्थलमा म्यादी र प्रहरीसहित ८ जना सुरक्षाकर्मी परिचालन गरएको गृह गृहसचिव सिंहले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ
-
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान
-
अन्तर्राष्ट्रिय परिस्थितिका कारण नयाँ सुरक्षा चुनौती : सेना
-
जुम्लामा स्याउ रोप्दै विप्लव
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु