बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखको चामुण्डा बिन्द्रासैनी–५ को मतकेन्द्रमा अझै सुरु भएन मतदान

आइतबार, ०४ मङ्सिर २०७९, ०८ : २३
आइतबार, ०४ मङ्सिर २०७९

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा अझै मतदान सुरु हुन सकेको छैन । मतदानस्थलमा शंकास्पद वस्तु फेला परेपछि मतदान हुन नसकेको हो ।


बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शंकास्पद वस्तु भेटिएपछि रोकिएको हो । स्थानीय प्रशासनका अनुसार बम डिस्पोजल सेनाको टोली मतदान केन्द्रमा पुगिसकेको छ ।
सेनाले उक्त वस्तु पहिचान गरेर मतदान केन्द्रलाई सुरक्षित तुल्याएपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप