आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गरे मतदान

आइतबार, ०४ मङ्सिर २०७९, ०८ : २०
आइतबार, ०४ मङ्सिर २०७९

नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट मतकेन्द्रमा मतदान गरेका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा सुर्खेत–१ मा उम्मेदवारसमेत छन् । खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन् ।

सुर्खेत–१ मा उनीसहित ८ जना उम्मेदवार छन् । सो क्षेत्रमा खड्काका मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेबाट ध्रुवकुमार शाही उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप