पश्चिमाहरूले ‘पाखण्ड’ देखाएको फिफा अध्यक्षको आरोप

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पश्चिमा राष्ट्रहरूले कतारको मानव अधिकारको अवस्थाबारे रिपोर्टिङ गर्दा ‘पाखण्ड’ देखाएको आरोप लगाएका छन् ।
विश्वकपको पूर्वसन्ध्या दोहामा आयोजित पत्रकार सम्मेलनमा करिब एक घण्टा बोलेका इन्फान्टिनोले कतार र प्रतियोगिताको पक्षमा तर्क प्रस्तुत गरेका थिए ।
पश्चिमा राष्ट्रहरूले आप्रवासी कामदारको निधन र समलिंगीहरुप्रति गरिने व्यवहारका लागि कतारको आलोचना गरिरहेका छन् । इन्फान्टिनोले भने कतारको आलोचना गर्नुभन्दा पहिले युरोपियन राष्ट्रहरूले इतिहासमा गरेका आफ्नो गल्तीहरूका लागि माफी माग्नुपर्ने जिकिर गरे ।
कतारले विश्वकपको आयोजना गर्ने अनुमति पाएयता कतारमा भारत, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकाका ६ हजार ५ सय बढी कामदारको मृत्यु भएको रिपोर्ट द गार्जियनले प्रकाशित गरेको थियो । तर कतार सरकारले भने यी सबै सङ्ख्या विश्वकपसँग सम्बन्धित परियोजनासँग नजोडिएको दाबी गरेको छ ।
सन् २०१४ देखि २०२० सम्म स्टेडियमको निर्माण क्षेत्रमा मात्र ३७ जना श्रमिकको मृत्यु भएको कतारको सरकारको भनाई छ । अन्तर्राष्ट्रिय श्रमिक संगठनले भने यस तथ्याङ्कलाई अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टट्युब बेबी
-
सामाजिक सुरक्षा कोष र सुनसरीको दुहबी नगरपालिकाबिच सम्झौता
-
विद्यालय शिक्षा विधेयक : शिक्षा उपसमितिमा परिच्छेद १४ सम्म सहमति जुट्यो
-
वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्