मतदाता परिचय पत्र हरायो ? यी कागजपत्र देखाएर समेत मतदान गर्न पाइन्छ
आइतबार, ०४ मङ्सिर २०७९, ०६ : ४१

आज हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ ।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाट समेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो ।
यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति चाहिने आयोगले उल्लेख गरेको छ । मतदाता परिचय पत्र हराएमा माथि उल्लेखित आफ्नो परिचय खुल्ने कागजपत्र बोकेर मतदान केन्द्रमा गए मतदान गर्न पाइने जानकारी आयोगले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
एमाले हुलबाट निर्देशित नभई सही नीतिका कारण जनताको मनमा बसेको छ : प्रधानमन्त्री ओली
-
घातक रसायन क्याडमियम सहित दुई भारतीय पक्राउ
-
निर्वाचन आयोगबाट बिदा भए दिनेश थपलिया
-
डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेख्ने किशोर पक्राउ
-
सुदूरपश्चिम प्रदेश ‘क्याबिनेट’ निर्णय : लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन