बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विधिमा आधारित खुला व्यापारका लागि चिनियाँ राष्ट्रपति सीको आह्वान

शनिबार, ०३ मङ्सिर २०७९, २१ : ०४
शनिबार, ०३ मङ्सिर २०७९

चीनका राष्ट्रपति सी चिनफिङले विधिमा आधारित खुला व्यापार र लगानीका निम्ति आह्वान गरेका छन् । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा उनले दिगो व्यापार र लगानी यस क्षेत्रको समग्र विकासका लागि अपरिहार्य भएको बताए ।

बहुपक्षीयतालाई वास्तविक रुपमा कायम राख्नुपर्ने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्ने विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्न तथा विश्वव्यापी औद्योगिक एवम् आपूर्ति शृङ्खलालाई सुरक्षित र स्थिर राख्न साझा प्रयास हुनुपर्नेमा उनले जोड दिए ।

खुला, भेदभावरहित व्यापार र लगानीको वातावरण निर्माण गर्न तथा सामूहिक हितको खातिर समावेशितामा ध्यान दिन उत्तिकै जरूरी भएको विचार चिनियाँ राष्ट्रपतिले व्यक्त गरे । क्षेत्रीय आर्थिक सहयोग संरचना निर्माण, साना तथा मझौला उद्यमको विकास, एशिया–प्रशान्त क्षेत्रको बजार प्रवर्द्धन, आर्थिक पुनरुत्थान तथा दिगो विकासलाई सहज बनाउनेतर्फ लाग्नुपर्ने बताए ।

चीनले ग्रामीण क्षेत्रको पुनरुत्थान, एशिया–प्रशान्त क्षेत्रको समृद्धिका लागि खुला क्षेत्रीय सहयोगलाई समर्थन गर्ने, क्षेत्रीय आर्थिक सहयोगको स्तर उकास्ने, परिष्कृत प्रविधि प्रयोग गरेर नयाँ उत्पादन बजारमा पु¥याउन तथा उच्चस्तरको खुलापनप्रतिको आफ्नो प्रतिबद्धताबाट आफ्नो देश पछि नहट्ने दृढता राष्ट्रपति सीले व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप