उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने
जिल्ला कारागार शाखामा कैदी बन्दी जीवन बिताइरहेका २ सय ३० जना मध्ये मतदाता नामावलीमा नाम रहेका ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन । भोलि आइतबार मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कैदी बन्दीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गरेका छन । जिल्ला कारागार उदयपुरमा सजाय भुक्तानरत कैदीबन्दी मध्ये ६२ जनाले मतदान गर्न पाउने भएको हो ।
कारागार प्रमुख (जेलर) डिगमबहादुर कार्कीले मतदाता नामावलीमा नाम दर्ता रहेका कैदीबन्दीलाई मताधिकार दिइएको बताए । उनका अनुसार कैदीबन्दीलाई समानुपातिकतर्फ मात्र मताधिकार हुनेछ भने प्रत्यक्ष तर्फ मतदानको अधिकार हुने छैन । कैदी बन्दीलाई मतदान गर्नका लागि कारागार परिसरमै मतदान केन्द्र निर्माण गरिएको छ ।
कारागारमा विभिन्न अपराधमा संलग्न भएर दोषी ठहरिएका र आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट पुर्पक्षका लागि थुनामा रहेका कैदी र बन्दीको संख्या २ सय ३० जना रहेको छ । जस मध्ये महिला कैदी बन्दीको संख्या ९ जना रहेको जेलर कार्कीले बताए ।
कैदी बन्दी बाहेक मतदान केन्द्रमा खट्ने अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी देखि सुरक्षातर्फ खट्ने प्रहरी र म्यादी प्रहरी समेतलाई समानुपातिक तर्फ मताधिकार रहेको छ । उनीहरू जुन जुन केन्द्रमा खट्छन्, त्यहीँ त्यहीँ मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगको गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत धनबहादुर कार्कीले बताए ।
जस अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा खट्ने २ हजार १२ कर्मचारीले समानुपातिकमा मतदान गर्ने छन् । उदयपुरको निर्वाचन क्षेत्र १ मा १ सय ५३ मतदान केन्द्रमा ८ जनाका दरले १ हजार २ सय २४ र २ नं. मा १ सय ११ केन्द्रमा ८ सय ८८ जना कर्मचारी खटिएको कार्कीले बताए ।
सुरक्षाकर्मी तर्फ भने कतिले मतदान गर्न पाउने भन्ने संख्या खुलाएको छैन । सामान्य अवस्थाका मतदान केन्द्रमा ३ जना प्रहरी र ५ जना म्यादी परिचालन गर्ने नीति रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए । उनका अनुसार सुरक्षा संवेदनशीलता भएका केन्द्रमा भने त्यस भन्दा केही बढीदेखि दोब्बर सम्म सुरक्षाकर्मी परिचालन गर्नु पर्ने भएकाले मतदान गर्नेको संख्या यकिन भन्न नमिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी