कपिलवस्तुमा एक मतदान अधिकृत पदमुक्त
कपिलवस्तुमा पदीय मर्यादा विपरीत कार्य गर्ने एक मतदान अधिकृत पदमुक्त भएका हुन् । जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो ।
पन्थीलाई कार्तिक २२ गतेदेखि मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालय चन्द्रौटा, कपिलवस्तुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीका अनुसार अधिकृत पन्थीले निर्वाचनको कार्य सम्पादन गर्दा उच्चस्तरको नैतिक आचरण विपरीत कार्य गरेको हुनाले मतदान अधिकृतको जिम्मेवारीबाट पदमुक्त गरिएको बताए । उनले के कति कारणले कारबाही भएको हो भन्ने सबै कुरा भने खुलाएनन् ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्देशिका २०७९ दफा ८३ (१) बमोजिम पन्थीलाई पदमुक्त गरिएको उनले बताए । उक्त मतदान केन्द्रमा यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरिएको निर्वाचन अधिकृत मरासिनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण