शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मकवानपुरको मतगणनाको लागि सिद्धार्थ स्कुलमा तारजाली र सीसीटीभी जडान

शनिबार, ०३ मङ्सिर २०७९, १८ : २५
शनिबार, ०३ मङ्सिर २०७९

भोलि हुने निर्वाचनमा मतदानपश्चात मतगणनाको लागि आवश्यक तयारी पुरा गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका अनुसार मतदान पछिको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मकवानपुरको २ वटै निर्वाचन क्षेत्रको मतपेटिका संकलन गरी मतगणनाको लागि व्यवस्था मिलाइएको जनाएको छ ।

मकवानपुर जिल्लाको २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि भएको मतदानको मतगणना हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा गरिने भएको छ । मतदान सकिएलगत्तै भोलि बेलुका नै सबै केन्द्रको मतपेटिकाहरु ल्याएर मतगणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

मकवानपुरमा मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए । प्रतिनिधिसभाको २ वटा क्षेत्रको मतपेटिका ४ वटा कोटामा र प्रदेशसभाको ४ वटा क्षेत्रको अन्य ४ वटा गरी कुल ८ वटा कोठामा एकैपटक मतगणना गर्ने तयारी गरिएको उनले बताए ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिने र कुनै पनि आपराधिक गतिविधिहरू हुन नदिन आवश्यकताको आधारमा ४ वटै सुरक्षा निकायहरूलाई परिचालन गर्नुको साथै मतगणनास्थलको ५०० मिटर आसपास मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको उनको भनाई छ ।

भोलि हुने निर्वाचनमा मकवानपुर–१ (क) मा ७७ हजार ९८९ जना र मकवानपुर–१ (ख) मा ७२ हजार १६६ मतदाता रहेका छन् । यस्तै मकवानपुर–१ (क) मा ८३ हजार ९९ र मकवानपुर–२ (ख) मा ६७ हजार ४७९ गरी ३ लाख ७३३ मतदाता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप