शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगे

शनिबार, ०३ मङ्सिर २०७९, १६ : ४६
शनिबार, ०३ मङ्सिर २०७९

भोलि हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत नारायण भण्डारीका अनुसार दाङका चार सय ६५ मतदान केन्द्रमै कर्मचारी पुगिसकेका छन् ।

“शान्तिनगर, बबई र नाकाका केही क्षेत्रमा सडकको समस्या भएकाले केही समस्या देखिए पनि त्यहाँ पनि हिजो नै कर्मचारी पठाइसकेका छौँ”, उनले भने, “सबै ठाउँ कर्मचारी पुगिसकेको र त्यही अनुसार काम अघि बढाइसक्नुभएको छ ।” 
मतदानका लागि आवश्यक सामग्री सबै लिएर शुक्रबार सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका निर्वाचन अधिकारी भण्डारीले बताए । उनका अनुसार प्रत्येक मतदान केन्द्रमा आठ जना कर्मचारी खटाइएको छ । सोही अनुसार दाङका सबै मतदान केन्द्र र अन्य कर्मचारी गरी तीन हजार सात सय २० जना कर्मचारी खटाइएको हो । अहिले जिल्लाका सबै स्थानमा  खटिएका कर्मचारीले बुथ निर्माण गरिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ । 

साथै मतदान केन्द्रको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आवश्यक परेको खण्डमा हेलिकप्टरबाट समेत निरीक्षण गर्ने गरी तयारी गरिएको छ ।  जिल्लाका मतदानस्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाइएको छ । साथै आवश्यक परेको खण्डमा थप नेपाली सेनासमेत परिचालन गर्ने तयारी गरिएको छ । हाल ६ हजार हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

दाङमा तीनवटा निर्वाचन क्षेत्रमा एक सय ५३ वटा मतदानस्थल छन् । जिल्लामा प्रतिनिधिसभाका लागि ३३ जना उम्मेदवार छन् भने प्रदेशसभाका लागि ४३ उम्मेदवार छन् ।  यसपटक जिल्लामा चार लाख १४ हजार नौ सय ५६ मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप