लुम्बिनीमा ११६ प्रतिशतले पर्यटक वृद्धि

गतवर्ष कोभिड १९ कारण सुनसान रहेको लुम्बिनीमा यो वर्ष सिजन सुरु भएसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । अङ्ग्रेजी अक्टोबर महिनासँगै स्वदेशी तथा विदेशी पर्यटकहरूको आवागमन वृद्धि हुन थालेको लुम्बिनी विकास कोषले जनाएको हो ।
गत वर्षको तुलनामा यो वर्षको अक्टोबर महिनासम्म ११६ प्रतिशत पर्यटक वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिएका छन् । सन् २०२१ को अक्टोबर महिनासम्म आन्तरिक र बाह्य गरी २ लाख ८९ हजार ६ सय ९५ जनाले लुम्बिनी भ्रमण गरेकोमा २०२२ मा भने सङ्ख्या वृद्धि भई ६ लाख २६ हजार ४ सय ५२ पुगेको कोषले जनाएको छ । गतवर्ष अक्टोबरसम्म राहदानी वाहक पर्यटक ६ सय ५ जनाले लुम्बिनी भ्रमण गरेकोमा २०२२ मा १३ हजार १ सय ६६ जना पुगेका छन् ।
त्यस्तै गत वर्ष १८ हजार ६६८ जना भारतीय पर्यटक आएकोमा यो वर्ष त्यो सङ्ख्या वृद्धि भई १ लाख ४९ हजार ६०९ जना पुगेको छ । अघिल्लो वर्ष कोरोना महामारीले लुम्बिनी भ्रमण गर्ने पर्यटक न्यून हुनु स्वाभाविक भएको प्रमुख राईले बताए । तर, यो वर्ष भने कोभिड जोखिम कम हुँदै गएपछि विदेशी पर्यटक समेत लुम्बिनी आउने क्रम क्रमशः वृद्धि हुन थालेको छ । गत वर्ष कोभिड महामारीमा पनि २ लाख ७० हजार ४२२ जना नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।
यो वर्ष अक्टोबर महिनासम्म झन्डै दोब्बर ४ लाख ६३ हजार ६७७ जनाले भ्रमण गरेको लुम्बिनी विकास कोषको तथ्याङ्कमा उल्लेख छ। कात्तिक अन्तिम सातादेखि विभिन्न विद्यालय, कलेजका विद्यार्थीहरूको अध्ययन अवलोकन भ्रमण टोलीको बाक्लो उपस्थिति हुन थालेको देखिन्छ । पर्यटकहरूलाई मायादेवी मन्दिर,अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति दीपको अवलोकन तथा केन्द्रीय नहरमा डुङ्गा यात्राले आकर्षित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल