बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यको सतहमा देखियो सर्प ? हेर्नुहोस् भिडियो

शनिबार, ०३ मङ्सिर २०७९, १५ : २५
शनिबार, ०३ मङ्सिर २०७९

युरोपियन स्पेस एजेन्सी (इएसए) को सोलर आर्बिटरले सूर्य भित्र लुकेका गोप्य कुराहरू पृथ्वीमा रहेका वैज्ञानिकसम्म पुर्याउने काम गर्छ ।  अब यसले हाम्रो सौर्यमण्डलमा एउटा अनौठो खगोलीय घटना देखेको छ । सूर्यमा प्लाज्माको ठूलो विस्फोट हुनु अघि, एक अनौठो फिलामेन्ट देखियो, जुन ठ्याक्कै ‘सर्प’ जस्तै थियो । युरोपेली अन्तरिक्ष एजेन्सीले दिएको जानकारी अनुसार यो ‘सर्प’ वास्तवमा चिसो वायुमण्डलीय ग्यासहरूको ट्यूब हो जसले सूर्यको चुम्बकीय क्षेत्रबाट आफ्नो बाटो बनाइरहेको थियो ।

यो घटना सेप्टेम्बर ५ मा अन्तरिक्षबाट अवलोकन गरिएको थियो जब सोलर अर्बिटर अक्टोबर १२ मा सूर्यको नजिक उडानको लागि जाँदै थियो । सूर्यको सतहमा यस्तो दृश्य पहिलो पटक देखिएको हो । सोलर स्नेकको यो घटना खगोलविद्हरूका यसकारण पनि रोचक भयो किनभने यो सूर्यमा ठूलो विस्फोट हुनुअघि देखिएको थियो । यो एक सौर्य सक्रिय क्षेत्रबाट सुरु भयो जुन पछि विस्फोट भयो जसबाट अरबौं टन प्लाज्मा अन्तरिक्षमा फैलियो ।

प्लाज्मा विस्फोटको संकेत थियो सोलर स्नेक

खगोलविद्का अनुसार सोलर स्नेकको घटना प्लाज्मा विस्फोटको सूचक थियो जुन सौर्य अर्बिटरले अवलोकन गरेको थियो । प्लाज्मा पदार्थको एउटा यस्तो अवस्था हो जसमा ग्यास यति तातो हुन्छ कि यसको परमाणुहरूले इलेक्ट्रोन भनिने बाहिरी कणहरू गुमाउँछन् । इलेक्ट्रोनहरूको रिलीजले एक विद्युतीय चार्ज सिर्जना गर्दछ जुन सूर्यको चुम्बकीय क्षेत्रसँग अन्तरक्रिया गर्दछ । सूर्यको वायुमण्डलमा भएका सबै ग्यासहरू प्लाज्मा हुन् किनभने यहाँको तापक्रम १० लाख डिग्री सेल्सियसभन्दा बढी छ ।

१०५,००० किमी प्रति घण्टा थियो गति

युरोपेली अन्तरिक्ष एजेन्सीको अर्बिटरलाई ४.२ करोड किलोमिटर टाढाबाट सूर्यमाथि निगरानी राख्नका लागि फेब्रुअरी २०२० मा प्रक्षेपण गरिएको थियो । इएसएको तर्फबाट जारी भिडियोमा सोलर स्नेक आँखा झिम्काएको भरमा नै एउटाबाट अर्को कुनासम्म पुग्ने गर्छ । यतिबेला यसको गति १०५,००० किलोमिटर प्रति घण्टा थियो । यसका बाबजुद पनि ग्यासले आफ्नो यात्रा पूरा गर्न ३ घण्टा लगाएको थियो । घुमाउरो चुम्बकीय क्षेत्रको माध्यमबाट ग्यासले यात्रा गरेका कारण टाढाबाट यो सर्प जस्तै देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप