शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौं सुनसान

शनिबार, ०३ मङ्सिर २०७९, १५ : १०
शनिबार, ०३ मङ्सिर २०७९

निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरू बढेसँगै काठमाडौं सुनसान बनेको छ । मतदान गर्न जानेहरूको संख्या बढेसँगै काठमाडौंका सडकहरू खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ । काठमाडौंको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिए पनि काठमाडौंका भित्री गल्लीहरूमा भने मानिसहरूको चहलपहल कमै देखिन्छ । मंसिर ४ गते आइतबार (भोलि) एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।

निर्वाचनमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासका लागि सक्षम नेतृत्व चयन गर्न बाहिरी जिल्लाहरूबाट काठमाडौं आइ बसोवास गर्नेहरू आफ्नो गृह जिल्ला फर्किँदा काठमाडौं सुनसान बनेको हो । त्यस्तै काठमाडौंका सुनसान सडकमा सुरक्षाकर्मीहरूले भने सुरक्षा दिइरहेका छन् । निर्वाचन बिथोल्नसक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरू सुरक्षाको लागि तैनाथ छन् ।

यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरू धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ । निर्वाचन आयोगले भने निर्वाचन सम्बन्धी सम्पूर्ण तयारीहरु सकिसकेको जनाएको छ । निर्वाचन भोलि बिहान ४ बजेबाट साझा ५ बजेसम्म हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप