शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धमाधम तयार हुँदै मतदान केन्द्र (फोटोफिचर)

शनिबार, ०३ मङ्सिर २०७९, १३ : ५९
शनिबार, ०३ मङ्सिर २०७९

मङ्सिर ४ गते हुने प्रतिनिधि एवं प्रदेशसभा चुनावको लागि आवश्यक पर्ने मतदान केन्द्रको निर्माण भइरहेको छ । आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको लागि देशभर २२ हजार २२७ मतदान केन्द्र तोकेको छ ।

यसपटक निर्वाचन आयोगले कैद भुक्तान गरिरहेका तथा विभिन्न कारणले आफ्नो तोकिएको क्षेत्रमा जान नपाएका प्रहरी एवं सरकारी कर्मचारीको लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नको लागि १४१ अस्थायी मतदान केन्द्र पनि तोकेको छ । यसरी यी केन्द्रबाट मतदान गर्न पाउने अस्थायी मतदाताको सङ्ख्या करिब ४ लाख ५० हजार भएको निर्वाचन आयोगले जनाएको छ ।

यो निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको आयोगले जनाएको छ ।

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम छ ।

आइतबारको मतदानका लागि निर्वाचन आयोगले मतपेटिका लगायत अन्य विभिन्न सामग्री बिहीबार नै मतदान अधिकृतको कार्यालयमा पठाइसकेको थियो । शुक्रवार भने मतपत्र सम्बन्धित केन्द्रमा पठाइएको थियो । यस पटकको चुनावको लागि निर्वाचन आयोगले करिब २ लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदान स्थलमा खटाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप