शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मौन अवधिमा गठबन्धनलक्षित ‘फेक समाचार’ भाइरल !

शनिबार, ०३ मङ्सिर २०७९, १३ : २५
शनिबार, ०३ मङ्सिर २०७९

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्या विभिन्न सञ्चार माध्यमहरुको ‘फेक’ समाचारको कटिङ भाइरल बनेका छन् । सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै नयाँ पत्रिका, अनलाइन खबर, सेतोपाटीलगायत मिडियामा प्रेसित समाचारजस्तै देखिने गरी नक्कल गरी फेक समाचार तयार गरिएको हो ।

‘गठबन्धनमा दरार आएको’, ‘माओवादीलाई सहयोग नगर्न कांग्रेसले आन्तरिक सर्कुलर गरेको’ जस्ता फेक समाचारहरु सञ्चारमाध्यममा प्रेसितजस्तो हुबहु देखिने गरी तयार गरिएका समाचारका कटिङहरु सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेका छन् । ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले भने त्यस्ता समाचारहरु आफ्नो सञ्चार माध्यममा प्रकाशित नभएको स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप