'एसिया–प्रशान्त क्षेत्र कसैका शक्ति प्रदर्शन गर्ने आँगन होइन'
शनिबार, ०३ मङ्सिर २०७९, १२ : ३२

चीनका राष्ट्रपति सी जिनपिङले एसियामा शीतयुद्धको तनावविरुद्ध चेतावनी दिँदै यस क्षेत्रमा बढ्दो टकरावलाई अस्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनअघि उनले यस्तो बताएका हुन् ।
सीले बैंककमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) नेताहरूको शिखर सम्मेलनको शुरुवातअ घि जारी गरेको लिखित भाषणमा चीनलाई क्षेत्रीय एकताको चालकको रूपमा हेर्ने इच्छा व्यक्त गरेका छन् ।
सीको भनाइ अमेरिकाको बढ्दो जबरजस्ती आर्थिक र सैन्य प्रभावप्रति लक्षित थियो । 'एसिया–प्रशान्त क्षेत्र कसैको आँगन होइन र यो ठूलो शक्ति प्रतिस्पर्धाको लागि मैदान बन्नु हुँदैन', सीले भने । उनले आर्थिक र व्यापार सम्बन्धलाई राजनीतिकरण र हतियार बनाउने कुनै पनि प्रयासको निन्दा गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?